देशकै नमुना नगरपालिका बन्न सफल भक्तपुर नगरपालिकाले हालसम्म ७ वटा कलेज र एक अस्पताल सञ्चालन गरिसेकेको छ । ख्वप अस्पताल पनि भक्तपुर नगरपालिकाकै अन्तर्गत पर्दछ ।
भक्तपुर जिल्लामा उच्चस्तरिय र गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच पुर्याउन वि.सं.२०३० सालमा भक्तपुर नगरपालिकाद्धारा जनस्वास्थ्य सेवाकेन्द्रको स्थापना गरियो । यसै जनस्वास्थ्य सेवा केन्द्र वि.सं. २०७८ साल श्रावण १ गतेबाट ख्वप अस्पतालको नाम सञ्चालित छ । भक्तपुर नगरपालिका, च्याम्हासिंह–९ मा अवस्थित ख्वप अस्पताल सञ्चालनका लागि २०७३ सालमा जिल्ला जनस्वास्वास्थ्य कार्यालयबाट २५ शैय्याको अस्पताल स्विकृती पाएको थियो र हाल प्रदेश स्वास्थ्य मन्त्रालयबाट १०० शैय्याको लागि स्विकृती पनि प्राप्त गरिसकेको छ । घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने नगरमा भक्तपुर नगरपालिका पर्दछ भने यसको लागि आवश्यक जनशक्ति र सामाग्रीको बन्दोबस्त ख्वप अस्पतालले गर्दै आएको छ ।
वडा वडा घर घर स्वास्थ्य सेवा पुर्याउने हेतु हाल यस अस्पतालका ५ वटा शाखाहरु बिस्तार भएका छन् । जस अनुसार :
१. ख्वप अस्पताल, च्याम्हासिंह
२. नगर स्वास्थ्य सेवा केन्द्र, व्यासी
३. जनस्वास्थ्य सेवा केन्द्र, भगवतीस्थान
४. आधारभुत स्वास्थ्य सेवा केन्द्र, सल्लाघारी
५. MCH Clinic, भक्तपुर अस्पताल
६. बेखाल स्वास्थ्य केन्द्र
७. ढत्तात्राय स्वास्थ्य केन्द्र
ख्वप अस्पतालका स्वास्थ्य सेवा तथा सुविधाहरु
– २४ सै घण्टा सेवा
– OPD सेवा
– परिवार नियोजन र खोप सुविधाहरू
ख्वप अस्पतालले हालसम्म पूरा गरेका मुख्य मुख्य स्वास्थ्य सामाजिक उत्तरदायित्वहरुः
१. विश्वव्यापी कोभिड महामारीको समयमा २०७६ साल चैत्रदेखि एचडियू र आईसीयु सहित निशुल्क कोभिड आईसोलेशन वार्डको स्थापना गरि निरन्तर सेवा प्रदान गरेको ।
२. नियमित महिला तथा नवजात शिशुहरुको नियमित खोपको निरन्तरता
३. कोभिड विरुद्धको खोपहरु कोभिडशिल्ड,भेरोसेल,मोर्डना, एस्ट्रेजेनिका तथा फाईजर आदिको नियमित सञ्चालन
४. वडा वडामा नियमित तथा मासिक निशुल्क स्वास्थ्य शिविर
५. नगरभित्रका विद्यालयहरुमा नियमित स्वास्थ्य कक्षाहरु
६. मुख्य मुख्य चाँडपर्वहरुमा प्राथमिक स्वास्थ्य सेवाहरु प्रदान गर्ने