अक्सिजन प्लान्ट ख्वप अस्पताल

Jul 03, 2022
अक्सिजन प्लान्ट ख्वप अस्पताल image

देशको शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सफलता हासिल गरी देशकै नमुना नगरपालिका बन्न सफल भक्तपुर नगरपालिकाद्वारा संचालित यस ख्वप अस्पतालले भक्तपुर लगायत देश भरिका स्वास्थ्य उपचारका लागि आएका विरामीहरुलाई निरन्तर सेवा गर्दै सबैको मन जित्न सफल भैरहेको छ । यस ख्वप अस्पतालले दैनिक ६०० जना बिरामीहरुको सस्तो सुलभ र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कोभिड १९ को पहिलो लहर देखि नै यस ख्वप अस्पताल शसक्त रुपमा सुरक्षित तरिकाले बिरामीहरुको सेवा गर्दै आईरहेको र निःशुल्क एच.डि.यु तथा आइसोलेशन सेन्टर समेत प्रभावकारी रुपमा सेवा विस्तार गरी सकेको छ । । कोभिडको शुरु देखिनै अक्सिजनको अभाव र भयावह स्थितिलाई मध्यनजर गरी मिति २०७८ असार १ गते, देश तथा विदेशमा रहेको स्थानिय समाज सेवीहरुको आर्थिक, भौतिक सहयोगमा अक्सिजन प्लाण्टको स्थापना गरिएको थियो । अक्सिजनको अभावमा विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने मुख्य उद्धेश्यका स्थापना भएको अक्सिजन प्लाण्ट हाल दैनिक रुपमा संचालनमा आइरहेको छ । विरामीहरुको आपतकालीन अवस्थालाई ध्यानमा राखी २४ सै घण्टा अक्सिजन उपलब्ध गराउन प्रयासरत छ । भक्तपुर नगरपालिकाका स्थानियबासीहरुलाई सम्बन्धित वडाको सिफरिसमा निःशुल्क रुपमा ठूलो, सानो सिलिण्डर गरी १० पटक सम्म भर्ने व्यवस्था छ भने नगर बाहिरका बासिन्दाहरुको हकमा भ.न.पा. कै वडा कार्यालयको सिफरिसबाट निर्धारित मूल्य तिरी १० पटक सम्म भर्न पाउने व्यवस्था मिलाइएको छ । यसरी यस कोभिडको संकटकालमा अक्सिजन उत्पादन गर्दै देश र जनताको स्वास्थ्य सेवामा ख्वप अस्पताल टेवा पु¥याउदै आइरहेको छ ।

कोभिड १९ रोगबाट संक्रमित भई अक्सिजन अभावको विशेष परिस्थितिमा भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा एक्ब् इहथनभल न्भलभचबतयच एबिलत ःबअजष्लभ चाइना स्थित ज्भलबल क्यलनलबल ऋयmmभचष्अष्ब ि७ त्चबमष्लन ऋय। ीत्म्(थ्बयशजबष् च्यबम व्ष्लकजगष् ऋजष्लब मार्फत ग्क्४ ९१९५३÷– ( एक्कानब्बे हजार नौ सय त्रिपन्न, कर र जडान समेत)मा खरिद गरिएको थियो ।
यस ख्वप अस्पताल अक्सिजन प्लाण्टद्वारा स्थापना दिन देखि मंसिर मसान्नत सम्म निम्न तालिका अनुसार अक्सिजना वितरण गरिसकेको छ ।

क्र.स. महिना अक्सिजन सिलिण्डर जम्मा
ठूलो सानो
असार ७३ १३७ २१०
साउन २३७ २४६ ४८३
भाद्र २२० ३५० ५७०
असोज १५५ ३२१ ४७६
कार्तिक १४० ३२० ४६०
म्ांसिर १३३ ३७७ ५१०
पौष १८१ ४२४ ६०५
माघ २१४ ५०६ ७२०
फागुन २३३ ४१ ६९४
१० चैत्र २५५ ४५० ७०५
११ बैशाख १९५ ४७० ६६५
१२ जेष्ठ २४० ५२० ७६०
जम्मा २२७६ ४८५७ ७१३३

 

भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा अक्सिजन प्लाण्टको स्थापना पछि देशका जनताहरुले सहज, सरल तथा सुलभ तरिकाले प्रभावकारी रुपमा अक्सिजन पाएको महसुस गर्न सकिन्छ । कोभिडको चरम जोखिममा अक्सिजन नपाएर भक्कानिएका आ“खाहरु अक्सिजनको सहज आपुर्तिले उज्यालिएका छन् भने हरपल जनताहरुमा आशाका किरणहरु पलाएको हामी देख्न सकिन्छौ । स्थानिय जनता तथा समुदायलाई यस प्लाण्ट मार्फत दिएको सुविधा एकदम प्रभावकारी तथा सकारात्मक प्रभाव हरेको महसुस गरिएको छ । जुन विश्वासका साथ यस असक्सिजन प्लान्ट स्थापना गरिएको छ , त्यसको शतप्रतिशत प्रतिफल कायम गर्न सफल रहेको छ । यस अक्सिजन प्लाण्ट कार्यक्रममा साथ सहयोग र सकारात्मक प्रभावका लागि भक्तपुर नगरपालिका तथा ख्वप अस्पताल हार्दिक आभार व्यक्त गर्दछ ।

तस्बिरहरु

 

Related News

QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण image

QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले सेवाग्राहीको समय बचत र सेवा सहज बनाउन QR प्रविधिमा...

January 05, 2026
ख्वप अस्पतालको आयोजनामा पोषाण सम्बन्धी बृहत प्रदर्शनी image

ख्वप अस्पतालको आयोजनामा पोषाण सम्बन्धी बृहत प्रदर्शनी

राष्ट्रिय पोषण सप्ताह अन्तर्गत ख्वप अस्पतालको आयोजनामा भक्तपुरको दत्तात्रय ( २०८१ जेष्ठ ६ गते...

May 23, 2024
मानिसको चेतनाबाटै स्वस्थ समाजको निर्माण सम्भव image

मानिसको चेतनाबाटै स्वस्थ समाजको निर्माण सम्भव

सन्दर्भः ‘स’ ‘स’ नेपाली वर्णमालाको एक सदस्य । ‘स’ का अथाह शब्दहरू होलान् । सोचकै उपज...

July 07, 2022

भक्तपुर नगरपालिकाको निति तथा कार्यक्रम २०७८/७९ !

– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा‌ ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ  !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।

Emergency 24/7 Click here